Pushpa Basnet | Winner 2012 CNN Hero of the Year
winner cnn hero 2012 , 2012 cnn hero winner , Pushpa Basnet | Winner 2012 CNN Hero of the Year, winner of cnn heros 2012,
१८ मंसिर, काठमाण्डौ । जेलमा रहेका बालवालिकाको स्याहारमा सक्रिय नेपालकी समाजसेवी पुष्पा वस्नेतले ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी छिन् ।
अमेरिकी टीभी च्यानल सीएनएनले हरेक बर्ष प्रदान गर्ने यो एवार्ड सीएनएनको वेबसाइटमा भएको अनलाइन भोटिङबाट चयन गरिन्छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अवार्ड बितरण समारोहमा पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि जित्न सफल पुष्पाले २ लाख ५० हजार अमेरीकी डलर पाएकी छिन् ।

नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दे आएकी छिन् । उनी विगत ८ वर्षदेखि यही कामलाई निरन्तरात दिदै आएकी छिन् । पुष्पाले बालबालिकाहरुलाई दिएको माया र ममताको योगदान कदर गर्दै सिएनएन हिरो २०१२ को उपाधि दिएको हो । विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन सिएनएनले ६ वर्षदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि सन् २०१० मा चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्याएकी नेपालकै अनुराधा कोईरालाले पनि यही उपाधि जितेकी थिइन ।
FaceBook Ma Share Garna Tala Click Garnuhos

Social Links: