News Ticker

Menu

बिग सिनेमामा फेसबुकको फ्यामिली शो


आजबाट देशभर प्रदर्शनमा आएको फिल्म 'फेसबुक' को राजधानीको सिटी सेन्टरमा अवस्थित बिग सिनेमामा फ्यामिली शो गरियो । फ्यामिली शोमा फिल्मका कलाकार तथा प्राबिधिकको साथमा माओवादी नेत्री पम्फा भुषाल, बरिष्ठ कलाकार नीर शाह, हाँस्यकलाकार दीपकराज गिरी सहित केहि बिशिष्ट व्यक्ति र फिल्म युनिटका परिवार सदस्यहरूको उपस्थिती थियो ।

ओपनिङ कलेक्सन खासै राम्रो गर्न नसके पनि निर्माण युनिटले दर्शक प्रतिक्रिया भने राम्रै पाएको छ । शनिबारको कलेक्सनले फिल्मको बिजनेशलाई माथी उठाउने आश निर्माण युनिटको छ । फिल्मका निर्माता सुनिल कुमार थापाले आजको व्यवसाय सन्तोषजनक मात्र रहेको बताउँदै भने, 'दर्शकको माउथ पब्लिसिटीले फिल्म भोलीबाट राम्रो चल्ने आश राखेको छु ।'

सुरज सुब्बा 'नाल्बो' को लेखन तथा निर्देशन रहेको फिल्म फेसबुकमा राजेश हमाल, झरना थापा, स्वतन्त्र प्रताप शाह, सुवास थापा, अनुराग मान सिंह कुवँर, मार्टिन खान, विल्सन विक्रम राई लगायतले अभिनय गरेका छन् । युवापुस्ता केन्द्रित गरि निर्माण गरिएको सो फिल्मलाई माउथ पब्लिसिटीले दर्शकलाई हल सम्म तान्न सकेमा निर्माताले आफ्नो लगानी सुरक्षित गर्न धेरै कसरत गर्न पर्ने छैन । मिडियामा राम्रै चर्चा पाएको सो फिल्मलाई दर्शकले कत्तिको लाईक गर्ने हुन् त्यो भोलीको रिपोर्टले बताउनेछ ।
 
सुनिल बर्देवाको संगीत रहेको सो फिल्मलाई संजय लामाले खिचेका हुन् । रोशन श्रेष्ठको द्धन्दनिर्देशन रहेको फिल्ममा बनिश शाहको सम्पादन, कविराज गहतराजको नृत्यनिर्देशन रहेको छ ।




Share This:

Post Tags:

Jillur Rahman

I'm Jillur Rahman. A full time web designer. I enjoy to make modern template. I love create blogger template and write about web design, blogger. Now I'm working with Themeforest. You can buy our templates from Themeforest.

  • To add an Emoticons Show Icons
  • To add code Use [pre]code here[/pre]
  • To add an Image Use [img]IMAGE-URL-HERE[/img]
  • To add Youtube video just paste a video link like http://www.youtube.com/watch?v=0x_gnfpL3RM