News Ticker

Menu

फेसबुक निर्देशकको पारिवारिक फेस


सुरज सुब्बा नाल्बो अहिले उद्योगमा एउटा राम्रो तौल बनाएका निर्देशकले परिचित छन् । बाटो मुनिको फुल निर्देशन यता उनले आफ्नो उचाईलाई निकै बढाए जुन उचाई सायद रिलिज पछि थप बढ्यो । यस्तै उनले निर्देशन गरेको अर्को फिल्म फेसबुक हिजो शुक्रबार देखि रिलिज भएको छ ।

अत्यन्त उत्कृष्ट मेकिङको प्रतिक्रिया फयामेली शोबाट पाएका नाल्बोले  फयामेली शोमा आफ्नो परिवार ल्याएका थिए । विगत डेढ बर्षदेखि साईप्रसमा रहदै आएकी उनकी श्रीमती सुकु गत मंगलबार नेपाल फर्किएकी छिन् । हिजोको दिनमा पारिवारिक अवस्थाले विदेशमा बस्नु परेता पनि अब त्यो नरहेको संकेत जनाउदै नाल्बोले श्रीमती सधैका लागि नेपालमै बस्ने गरि फर्किएको बताए ।

आज भन्दा २२ बर्षअघि पूर्वाञ्चलको दमकमा खोलेको आफ्नो फोटो स्टूडियोमा फोटो खिच्ने आएको बेला नाल्बोको सुकुसंग लभ परेको थियो जुन यात्रा दुई बर्ष पश्चात बिवाहमा परिणत भयो ।  'उनी फोटो खिच्न आएकी थिईन् त्यतिबेला देखि लभ परेको हो', नाल्बोले बताए । दश बर्षसम्म टिचरको रुपमा कार्यरत नाल्बो श्रीमती सुकु साईप्रस बस्नु अघि चार बर्ष हङकङमा थिईन् ।

सुखी परिवार नाल्बोको १७ बर्षीया छोरी लाजिमा र १९ बर्षीय छोरा योदिन छन् । छोरीले के गर्ने त्यो उनले टुङ्गो लगाएका छैनन् तर छोरालाई भने उनले आफ्नै काम सिकाईरहेका छन् । हाल प्लस टूमा अध्ययनरत नाल्बो पुत्र योदिनले सायद, फेसबुक, मेरो भ्यालेन्टाईन र प्रमिशमा उनलाई साहायक निर्देशकको रुपमा सहयोग गरेका छन् ।

सर्वाधिक ब्यस्त निर्देशकको ट्याग समेत पाएका नाल्बो अहिलेका अवस्थामा नम्बर वान निर्देशकको सूचिमा पर्दछन् जसले आउदो असोज १५ देखि बाटो मुनिको फुलका निर्माता राजेश घतानीको नयाँ फिल्म वितेका पल निर्देशन तयारी गरिरहेका छन् ।
 

Share This:

Post Tags:

Jillur Rahman

I'm Jillur Rahman. A full time web designer. I enjoy to make modern template. I love create blogger template and write about web design, blogger. Now I'm working with Themeforest. You can buy our templates from Themeforest.

  • To add an Emoticons Show Icons
  • To add code Use [pre]code here[/pre]
  • To add an Image Use [img]IMAGE-URL-HERE[/img]
  • To add Youtube video just paste a video link like http://www.youtube.com/watch?v=0x_gnfpL3RM